October 16, 2021, Saturday
२०७८ आश्विन ३०, शनिबार

हुन प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने २२ एमाले सांसद

काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार संसदमा विश्वासको मत लिँदा नेकपा एमालेका २२ जना सांसदले उनको पक्षमा मत दिएका छन् ।

देउवाले प्रतिनिधिसभामा १६५ मत पाउँदा नेकपा एमालेका २२ सांसदले मत दिएका हुन् भने मत दिनेमा माधव नेपाल पक्ष मात्र नभई अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद पनि छन् ।

उनलाई मत दिनेमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान रहेका छन् ।

यसैगरी गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको