August 5, 2021, Thursday
२०७८ श्रावण २२, शुक्रबार

एमाले स्थायी कमिटी बैठक सुरु, नेपाल पक्ष फेरि पनि अनुपस्थित

काठमाडौं, ललितपुरको च्यासलस्थित तुलसी स्मृति भवनमा प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । आइतबारको बैठकमा पनि नेता माधवकुमार नेपाल पक्ष अनुपस्थित भएको छ ।

पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न र विधान अधिवेशनको तयारी गर्न बैठक डाकिएको हो ।
पार्टी संरचना २०७५ जेठ २ गते अगाडि फर्काउँदै आइतबारको बैठकमा नेपाल पक्षका नेतालाई समेत डाकिएको उनले बताए ।

तर नेपाल पक्षका कुनै नेता बैठकमा सहभागी नभएका हुन् । यसअघि शुक्रबारको बैठकमा पनि नेपाल पक्षको सहभागिता थिएन ।

शीर्ष समाचार

धेरै पढिएको