August 5, 2021, Thursday
२०७८ श्रावण २२, शुक्रबार

प्रधानमन्त्री देउवाले आजै संसदमा विश्वासको मत लिने

काठमाडौं, प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आजै संसदमा विश्वासको मत लिने भएका छन् । सर्वोच्च अदालतले २८ असारमा पुनर्स्थापना गरेको प्रतिनिधिसभाको बैठक आज बोलाइएको छ ।

सर्वोच्चकै परमादेशअनुसार संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिनेछन् ।

शीर्ष समाचार

धेरै पढिएको