March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठक आज बस्दै

काठमाडौं, पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठक आज बस्ने भएको छ । बानेश्वरस्थित संघीय संसद् भवनमा आज अपराह्न उक्त बैठक बस्ने भएको हो । आजको बैठकमा सरकारले १६ वटा विधेयक पेस गर्ने तयारी गरेको छ । 

शेरबहादुर देउवाको नेतृत्वमा नवगठित सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आजका लागि प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेकी हुन् । 

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले गत जेठ ७ गते मध्यराति विघटन गरेको प्रतिनिधि सभा सर्वाेच्च अदालतले यही असार २८ गते पुनःस्थापना गर्दै देउवालाई प्रधानमन्त्री बनाउने फैसला गरेको थियो । त्यसयता पहिलोपटक प्रतिनिधि सभाको बैठक आज बस्ने भएको हो । 

शीर्ष समाचार

धेरै पढिएको