April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

थप १ हजार ३१० जनामा कोरोना संक्रमण, २१ जनाको मृत्यु

काठमाडौं, शनिवार नेपालमा थप १ हजार ३१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या ६ लाख ६५ हजार ८ सय ८६ पुगेको छ ।

पीसीआर परीक्षणबाट १३ सय १० र एन्टिजेन परीक्षणबाट ५ सय ६५ जनामा संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार ६६ जनमा परीक्षण भएको थियो । जसमध्ये ६ हजार ८ सय ५८ जनामा पीसीआर र ३ हजार ३ सय ८ जनामा एन्टिजेन परीक्षण गरिएको हो ।

यसैगरी गत २४ घण्टामा २ हजार १ सय ६४ जना संक्रमित निको भएका छन् । हालसम्म नेपालमा कोरोनबाट निको हुनेको संख्या ६ लाख ३० हजार ४ सय ७ पुगेको छ ।

कोरोनाबाट शनिबार थप २१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ५ सय २७ छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २३ हजार ९ सय ५२ जना छन् ।

शीर्ष समाचार

धेरै पढिएको