August 1, 2021, Sunday
२०७८ श्रावण १७, आईतवार

प्रधानमन्त्री देउवाले बोलाए कांग्रेस संसदीय दलको बैठक

काठमाडौं, संसदीय दलका नेता तथा सत्तारूढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बनेपछि पहिलो पटक संसदीय दलको बैठक बोलाएका छन् ।

कांग्रेस सचेतक पुष्पा भुसालका अनुसार आइतबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवनमा बैठक बोलाइएको हो ।

प्रधानमन्त्री देउवाले भोलि अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकका सन्दर्भ छलफल गर्न संसदीय दलको बैठक बोलाइएको भुसालको भनाइ छ । उक्त बैठकमा विश्वासको मत, सरकारको प्रभावकारिता र मन्त्री छनोट लगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको