August 5, 2021, Thursday
२०७८ श्रावण २२, शुक्रबार

यातायात क्षेत्रको समस्या सम्बोधन गर्न प्रधानमन्त्रीलाई आग्रह

काठमाडौं, कोभिड–१९ बाट अप्ठ्यारोमा परेको यातायात क्षेत्रलाई माथि उठाउने कार्यक्रम ल्याउन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सरकारलाई आग्रह गरेको छ ।

शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा बधाई तथा शुभकामना दिँदै महासङ्घका पदाधिकारीले कोरोना खोप सर्बसुलभ बनाउन र यातायात क्षेत्रका समस्या सम्बोधन गर्न माग समेत गरेको थियो ।

उक्त भेटमा महासङ्घका अध्यक्ष योगेन्द्र कर्माचार्य, वरिष्ठ उपाध्यक्ष विजय स्वाँर, दीपक अधिकारी र हरिशरण केसी, महासचिव पुण्यप्रसाद सिटौला (सरोज), नेपाल यातायात मजदूर सङ्घका अध्यक्ष धर्मराज भण्डारी, अखिल नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष रामचन्द्र कार्कीलगायतको सहभागिता रहेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको