December 6, 2021, Monday
२०७८ मंसिर २१, मंगलवार

प्रधानमन्त्री र चिनियाँ राजदुतबीच भेटवार्ता, चीनले थप १६ लाख डोज खोप दिने

काठमाडौं, चीनले कोभिड-१९ विरुद्धको थप १६ लाख डोज खोप उपलब्ध गराउने छ । आज नवनियुक्त  प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले अनुदानमा थप १६ लाख डोज खोप दिने जानकारी दिएकी हुन् ।

यान्छीको भनाइ उद्धृत गर्दै परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कोभिड १९ महामारीविरुद्धको लडाइँमा नेपाललाई चीनको निरन्तर सहयोग रहने छ । राजदूत यान्छीले प्रधानमन्त्रीसँग नेपाललाई चीनले थप १६ लाख डोज कोभिडविरुद्ध खोप दिने निर्णय भएको जानकारी गराउनुभएको छ ।’

शीर्ष समाचार

धेरै पढिएको