October 15, 2021, Friday
२०७८ आश्विन ३०, शनिबार

थप २ हजार ९३६ जनामा कोरोना संक्रमण, ४३ जनाको मृत्यु

काठमाडौं, शुक्रबार थप देशभर २ हजार ९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार १८२ जनामा परीक्षण गर्दा सो २९३६ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या पीसीआरबाट भएको परीक्षणमा ६ लाख ६४ हजार ५७६ जना पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ४७ हजार ७ सय ९७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ४३ जनाको मृत्यु भएको छ । यस्तै मृतकको कुल संख्या ९ हजार ५०६ पुगेको छ ।

यस्तै २४ घण्टामा १ हजार ७७५ जनामा संक्रमणमुक्त भएका छन् । हालसम्म कोरोना निको हुनेको कुल संख्या ६ लाख २८ हजार २४३ पुगेको मन्त्रालयले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको