October 15, 2021, Friday
२०७८ आश्विन ३०, शनिबार

एमाले स्थायी समिति बैठक: १० सदस्यीय कार्यदल खारेज, देउवाको विपक्षमा उभिन निर्देशन 

काठमाडौं, नेकपा एमालेले पार्टीको विवाद समाधान गरि एकता गर्न बनेको १० सदस्यीय कार्यदल खारेज गरेको छ ।

पार्टी प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार आज ललितपुरको च्यासलस्थित तुल्सिलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी समितिको बैठकले १० बुँदे प्रस्तावलाई अनुमोदन गर्दै कार्यदल विघटन गरेको हो ।


यसैगरी उक्त बैठकले देउवा नेतृत्वको सरकारको विपक्षमा उभिन आफ्ना सांसदहरुलाई निर्देशन समेत दिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको