October 16, 2021, Saturday
२०७८ आश्विन ३०, शनिबार

आफूहरू कुनै आवेग र उत्तेजनामा नआउने ओलीको स्पष्टीकरण

काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी ओलीले अदालतको परमादेशबाट नयाँ सरकार गठन भएको जनाउँदै आफूहरू कुनै आवेग र उत्तेजनामा नआउने पनि स्पष्ट पारेका छन् ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको पार्टी स्थायी कमिटीको बैठकको अध्यक्षता गर्दैै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले आफूहरू सक्रिय एवं रचनात्मक प्रतिपक्षमा रहने बताएका छन् । राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय छवि निर्माण, विकास निर्माण र समृद्धिका लागि पार्टी निरन्तर सक्रिय रहने उनको भनाइ छ  ।

सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनर्स्थापना हुने फैसलाप्रति असहमति रहने, तर कार्यान्वयनमा जान अघि बढ्ने उनले जिकिर गरेका छन् । 

शीर्ष समाचार

धेरै पढिएको