August 1, 2021, Sunday
२०७८ श्रावण १७, आईतवार

बाबुराम भट्टराई र विप्लवबीच भेटवार्ता

काठमाडौं, जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) बीच भेटवार्ता भएको छ ।

भट्टराईलाई भेट्न विप्लव र नेता धर्मेन्द्र बास्तोला भट्टराई निवास सानेपा पुगेका हुन् । जसपाका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेका अनुसार उक्त भेटमा समसामयिक राजनीति, केपी शर्मा ओली नेतृत्वको सरकारसँग विप्लव समूहले गरेको सहमति कार्यान्वयन लगायतका विषयमा छलफल भएको हो ।

यसअघि विप्लवले बिहीबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग संयुक्त छलफल गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको