October 16, 2021, Saturday
२०७८ आश्विन ३०, शनिबार

सिन्धुपाल्चोकको खाडिचौरमा अदालत र सरकारको विरोधमा राँके जुलुस

सिन्धुपाल्चोक, सिन्धुपाल्चोकको खाडिचौर बजारमा बिहीबार अपरान्ह ५:१५   बजे एकाएक अनेरास्ववियुका कार्यकर्ताहरु हातमा मसाल र नारा सहित सडकमा निस्किए ।

सर्वोच्च अदालत (चोलेन्द्र शमशेर) को इजलासले गरेको फैसला गैर-मानबिय र बाह्य शक्तिको हस्तक्षेप भएको भन्दै बिभिन्न नाराको साथ करिब १०० जनाको उक्त टोलि सडकमा निस्किए हुन् ‌।

सो , सुचना प्राप्त हुनासाथ कुनै मानबिय र भौतिक क्षति हुन नदिन इ प्र का बाह्रविसेले टोलि संचालन गरी उक्त भिडबाट मशाललाइ नियन्त्रणमा लिइएको हो ।  खाडिचौर बजारको पिपलबोट बाट निस्किएको टोलिले अरनिको राजमार्ग र जिरी बजार जोड्ने खाडिचौर पुलसम्म सो र्याली गरेका हुन् । 

राकेँ जुलुस सकिएपछि भिडबाट अनेरास्ववियुका एक प्रतिनिधिले सर्बसाधारण माझ कारण बताउदै भने -” हामि यस जुसुसबाट जन समुदायमा पर्न गएको असुविधा प्रति क्षमा चाहन्छौँ ।

यसरी सडकमा आउनु हामि मध्ये कसैको चाहना होइन तर, बाह्य शक्तिको दवाबमा राज्यमा दुइ तिहाइको सरकारले समेत पास नगरेको MCC पारित गर्न महामारीको बेलामा यसरी सरकार किन परिवर्तन गर्नुपर्यो ? ” यसरी एकाएक अदालतको एकपक्षीय फैसला नेकपा एमालेले नमान्ने भन्दै सो भिड शान्त भएको थियो ‌ ।

शीर्ष समाचार

धेरै पढिएको