December 6, 2021, Monday
२०७८ मंसिर २०, सोमबार

थप १ हजार ७८२ जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु

काठमाडौं, बिहिवार नेपालमा थप १ हजार ७८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ हजार २५६ पीसीआर परीक्षणमा बिहीबार थप १ हजार ७८२ जनामा संक्रमण पुष्टि भएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ६ लाख ६२ हजार ५७० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ७५७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख २६ हजार ४६८ छ ।

यसैगरी गत २४ घण्टामा कोरोना संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या ९ हजार ४६३ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको