
काठमाडौँ – बुधबार २१० जना नयाँ काेराेना संक्रमित थपिएका छन् । याे सँगै नेपालमा संक्रमितको संख्या १९ हजार २७३ जना पुगेका छन् । जसमध्ये हालसम्म डिस्चार्ज हुनेकाे संख्या १४ हजार २१ जना पुगेकाे छ जसमध्ये आज १४६ जना डिस्चार्ज भएका हुन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार मृत्यु हुनेकाे संख्या शुन्य रहेकाे छ ।
हालसम्म मृत्यु हुनेकाे संख्या भने ४९ जना रहेका छन् । नेपालमा ७७ जिल्ला मध्य भाेजपुर,संखुवासभा ,मनाङ,मुस्ताङ , र अन्य १ जिल्ला गरि ५ जिल्ला काेराेना मुक्त भएको छ । देशभर हालसम्म ५ हजार ३६० जना सक्रिय संक्रमित रहेका छन् ।





