April 16, 2024, Tuesday
२०८१ बैशाख ४, मंगलवार

विजयकुमार गच्छदार विशेष अदालमा हाजिर

काठमाडौं, नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार आज विशेष अदालमा हाजिर भएका छन् ।

ललिता निवास जग्गा प्रकरणमा मुछिएका गच्छदार आज बिहान १० बजे अदालतमा हाजिर भएको विशेष अदालतका उपरष्ट्रिार एवं प्रवक्ता पुष्पराज पाण्डेयले बताएका छन् ।

उनका अनुसार हाल गच्छदारसँग बयान लिने काम भैरहेको छ । २०७६ माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारसहित १७५ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार मुद्दा दायर गरेको थियो ।

यस्तै उक्त मुद्दामा ११० जनालाई भ्रष्टाचारको कसुरमा र ६५ जनालाई जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको