July 29, 2021, Thursday
२०७८ श्रावण १४, बिहीबार

काममा कुनै पूर्वाग्रह राख्दिन, लोडसेडिङ कहिल्यै नहुनेमा जोड दिऔँ: ऊर्जामन्त्री भुसाल

काठमाडौं, नवनियुक्त ऊर्जामन्त्री पम्फा भुसालले देशमा अहिले लोडसेडिङको समस्या जल्दोबल्दो रुपमा रहेको भन्दै अब कहिल्यै लोडसेडिङ नहुनेमा जोड दिनुपर्ने बताएकी छिन् । 

बुधबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले आफूबाट काममा कुनै पूर्वाग्रह नरहने प्रतिबद्धता व्यक्त गर्दै यस्तो बताएका हुन् ।

उनले भनिन्, ‘काममा कुनै पूर्वाग्रह राख्दिन तर परिणाममुखी काम निकाल्नुपर्छ । अहिले लोडसेडिङको समस्या जल्दोबल्दो छ । लोडसेडिङ कहिल्यै नहुनेमा जोड दिऔँ। बिजुली बत्ती बाल्नै नपाउनेहरू छन् उनीहरूसँग बिजुलीको पहुँच चाँडो पुर्याउनुपर्छ ।’

यसैगरी उनले आफूमा एकमात्रै स्वार्थ कसरी नतिजा निस्कने गरी काम गर्ने भन्नेतर्फ रहेको उल्लेख बताएकी छिन ।

शीर्ष समाचार

धेरै पढिएको