July 29, 2021, Thursday
२०७८ श्रावण १४, बिहीबार

अहिले एकछिन बादल लागेको हो, फेरि सूर्य बादल हटाएर उदाउँछ: केपी ओली

काठमाडौं, निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले
अहिलेको अवस्थालाई एकछिन बादल लागेको हो र फेरि सूर्य बादल हटाएर उदाउँने प्रतिबद्धता व्यक्त गरेका छन् । आज सिंहदरबारबाट देशवासीको नाममा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

सम्बोधनको क्रममा उनले अब बन्ने सरकार र संसद सही सलामत चल्नेमा आफूलाई पर्याप्त शंका र आशंका लागेको पनि टिप्पणी गरे ।

उनले भने,‘अग्रगमनको यात्रा कसैले पनि विथोल्न सक्दैन् । सूर्यको प्रकाशलाई कसैले पनि छेक्न सक्दैन् । नेपाल र नेपाली जनतालाई समृद्ध बनाउने अभियानमा म र मेरो पार्टी एकढिक्क भएर अघि बढ्छ । अहिले एकछिन बादल लागेको हो, फेरि सूर्य बादल हटाएर उदाउँछ ।’

सोमबार सर्वोच्च अदालतको परमादेशपछि राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छिन् ।

आज साँझ ६ बजे देउवाले प्रधानमन्त्रीको सपथ खाने कार्यक्रम तय भएको छ । ओलीले सरकारबाट विदा लिनुभन्दा अघि आज देशवासीको नाममा सम्बोधन गरेका हुन् ।

शीर्ष समाचार

धेरै पढिएको