April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार

आफ्नै पार्टीका २६ अराजक सांसदका कारण प्रधानमन्त्री पद गुमाउनु पर्‍यो: ओली 

काठमाडौं, निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका २६ जना अराजक सांसदका कारण प्रधानमन्त्री पद गुमाउनु परेको बताएका छन् । आज देशवासीको नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

ओलीले आफ्नै दलका ती २६ जना विद्रोही मात्र नभई अराजक भएर विपक्षीलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर लिएर राष्ट्रपतिकोमा गएकोसमेत उल्लेख गरे । 


उनले फुटबल खेलमा आफ्नो पक्षका खेलाडीलाई बल पास गर्नुपर्नेमा विपक्षी दललाई बल पास गरेको टिप्पणी गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको