August 5, 2021, Thursday
२०७८ श्रावण २१, बिहीबार

जापानले नेपाललाई १६ लाख डोज खोप दिने

काठमाडौं, जापान सरकारले नेपाललाई जापानमा बनेको अक्सफोर्ड अस्ट्राजेनेकाको १६ लाख डोज खोप प्रदान गर्ने भएको छ ।

काठमाडौस्थित जापानी दूतावासका अनुसार कोभ्याक्सअन्तर्गत नेपाललाई कोभिड खोप दिन लागेको हो ।

जापानी विदेशमन्त्री मोतेगी तोशिमित्सुले नेपाललाई खोप दिने घोषणा गरेका हुन् भने सो खोपहरु जुलाई मध्यदेखि अगस्टको अन्त्यसम्ममा नेपाल आइपुग्ने दूतावासले जनाए छ । 

शीर्ष समाचार

धेरै पढिएको