August 5, 2021, Thursday
२०७८ श्रावण २२, शुक्रबार

आइपिओ निष्कासन गर्ने तयारीमा नर्भिक अस्पताल

काठमाडौं, काठमाडौंको थापाथलीमा रहेको नर्भिक इन्टरनेशनल अस्पतालले सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) निष्कासनको तयारी गरेको छ ।

उक्त अस्पताल प्राइभेट कम्पनीबाट हालै पब्लिक कम्पनीमा रुपान्तरण भएसँगै आइपिओ जारीको तयारी गरिएको हो ।

अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार जनसहभागितालाई समेत सुनिश्चित गर्ने अवधारणाअन्तर्गत आफूलाई प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण गरेको हो ।

अब सो अस्पताल ‘नर्भिक इन्टरनेशनल हस्पिटल एन्ड मेडिकल कलेज लिमिटेड’ भएको उनको भनाइ छ ।

शीर्ष समाचार

धेरै पढिएको