
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले विकास निर्माणका कार्यलाई अगाडि बढाउँदा बाघ लगायतका वन्यजन्तुलाई पर्नसक्ने नकारात्मक प्रभाव न्यूनीकरणका उपाय अवलम्बन गर्नेतर्फ गम्भीर ध्यान दिनुपर्ने बताएकि छन् । ‘अन्तर्राष्ट्रिय बाघ दिवस’का अवसरमा बुधबार दिनुभएको शुभकामना सन्देशमा राष्ट्रपतिले बाघ अवलोकन गर्न आउने स्वदेशी एवं विदेशी पर्यटकबाट राष्ट्रलाई प्राप्त हुने आम्दानी अझ वृद्धि गर्न पर्यापर्यटनका गतिविधि प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुपर्ने छ ।
सन्देशमा राष्ट्रपतिले भनेकि छन् (आजको दिन बाघ लगायतका लोपोन्मुख वन्यजन्तुको प्रभावकारी संरक्षण गर्न प्रण गर्ने दिन पनि भएकाले यसबाट बाघ संरक्षणका लागि सम्बद्ध सबैलाई थप प्रेरणा मिल्नेछ भन्ने अपेक्षा गरेको छु ।” बाघ संरक्षणका लागि घाँसे मैदान र पानीका स्रोतको व्यवस्थापन, नियमित रूपमा गस्ती, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्नुपर्ने खाँचो औँल्याउँदै राष्ट्रपतिले भन्नुभएको छ, “बाघ संरक्षण गर्न समुदाय स्तरदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका अन्तरसरकारी सञ्जाल तथा मञ्चमा नेपाल सरकार क्रियाशील रहेकोमा मलाई खुसी लागेको छ ।





