August 1, 2021, Sunday
२०७८ श्रावण १७, आईतवार

महान्यायाधिवक्ता रमेश बडालद्वारा राजीनामा

काठमाडौं, महान्यायाधिवक्ता रमेश बडालले आज राजीनामा दिएका छन् । अग्नि खरेलले राजीनामा दिएपछि बडाल गत चैत ६ गते महान्यायाधिवक्ता नियुक्त भएका थिए ।

सर्वोच्च अदालतले सोमबार प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।

आज राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । योसँगै प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् ।

ओली पदमुक्त भएसँगै महान्यायाधिवक्ता बडाले समेत राजीनामा दिएका हुन् भने उनले प्रधानमन्त्री ओली समक्ष राजीनामा दिएका हुन् । यस्तै सरकारी वकिलहरुले एक कार्यक्रम गरि बडालको विदाई गरिएको छ।

शीर्ष समाचार

धेरै पढिएको