August 5, 2021, Thursday
२०७८ श्रावण २२, शुक्रबार

माओवादी स्थायी कमिटी बैठक: देउवासँग छलफल गरेर मन्त्रीको टुंगो लगाउने

काठमाडौं, नेकपा माओवादी केन्द्रले प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति एवं भावी प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेर मन्त्रीको टुंगो लगाउने भएको छ ।

आज पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा नयाँ सरकारमा कसलाई पठाउने भन्नेबारे छलफल भएको हो ।

अध्यक्ष पुष्पकमल दाहालले देउवासँग छलफल गरेर मात्रै मन्त्रीको टुंगो लगाउने कुरा भएको नेता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

उनले भने, ‘भावी प्रधानमन्त्री शेरबहादुर देउवासँग अध्यक्ष पुष्पकमल दाहालले सरकार सञ्चालन र स्वरूपबारे छलफल गरी र मन्त्रिपरिषद् गठन हुनेछ ।’

माओवादी केन्द्रका अध्यक्ष दाहाल “प्रचण्ड” स्थायी कमिटीको बैठक सकेर हाल देउवासँग छलफल बूढानीलकण्ठ पुगेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको