August 5, 2021, Thursday
२०७८ श्रावण २१, बिहीबार

देउवा पाँचौं पटक प्रधानमन्त्रीमा नियुक्त हुँदै, साँझ ५ बजे शपथ ग्रहण

काठमाडौं, प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज पाँचौं पटक प्रधानमन्त्री नियुक्त हुँदैछन् ।

सोमबार सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री नियुक्तको परमादेश जारी गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आज देउवालाई प्रधानमन्त्री नियुक्त गर्न लागेकी हुन् ।

मंगलबार साँझ पाँच बजे देउवाले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको  छ । यसका लागि सबै तयारी पूरा भइसकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसअघि सर्वोच्चले सोमबार संसद विघटन गर्ने ओली सरकारको निर्णय असंवैधानिक ठहर गर्दै दुई दिनभित्र देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश जारी गरेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको