July 29, 2021, Thursday
२०७८ श्रावण १४, बिहीबार

सभापति देउवाको नेतृत्वमा संयुक्त सरकार बनाउने गठबन्धनको निर्णय

काठमाडौं, सर्वोच्च अदालतको आजको फैसलापछि ५ राजनीतिक दल सम्बद्ध गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा संयुक्त सरकार गठन गर्ने निर्णय गरेको छ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित सम्पर्क कार्यालयमा बसेको गठबन्धनको बैठकले उक्त निर्णय गरेको हो ।

जसपा नेता डा. बाबुराम भट्टराईका अनुसार सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेसंगै बसेको गठबन्धनको बैठकले गठबन्धन सरकार बनाउने निर्णय गरेको हो ।

उनले भने, ‘सर्वोच्चको आदेशले प्रतिगमनकारी हर्कतलाई रोक्ने र देशलाई अग्रगमनको दिशामा लैजाने काम गरेको छ । अब सर्वोच्चको फैसला अनुसार भोली नै देउवाजीको नेतृत्वमा संयुक्त गठबन्धन सरकार बनाउने छलफल भएको छ ।’

यसैगरी प्रारम्भमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने निर्णय गरेको हो । बैठकपछि कांग्रेस नेता बालकृष्ण खाँडले भने, ‘प्रारम्भमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने, गठबन्धनमा रहेका दलहरुबीच थप समिक्षा गरेर जाने, सहकार्य अझ बलियो बनाउने निर्णय भएको छ ।’

शीर्ष समाचार

धेरै पढिएको