March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

देउवालाई प्रधानमन्त्री बन्न समर्थन गरेको एमालेका सांसदलाई पार्टीले कारबाही गर्न नपाउने

काठमाडौं, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न समर्थन गरेका एमालेका सांसदलाई पार्टीले कारबाही गर्न नपाउने भएको छ ।

सर्वोच्च अदालतले संविधानको धारा ७६ को उपधारा ५ अनुसार दलका सांसदहरूलाई पार्टीले ह्विप लगाउन नसक्ने ठहर गरेको हो ।

एमालेका २३ जना सांसदले पार्टीको निर्णय नमान्दै सभापति देउवालाई प्रधानमन्त्रीका लागि समर्थन गरेका छन् ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई ह्विप नमानेको भन्दै कारबाही गर्दै आएका थिए । तर सर्वोच्चले भने धारा ७६ को उपधारा ५ अनुसार ह्विप नलाग्ने भएकाले देउवालाई समर्थन गर्ने एमालेका सांसदहरूलाई कारबाही गर्न नमिल्ने स्पष्ट पारेको हो ।  

शीर्ष समाचार

धेरै पढिएको