April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

मंगलबारभित्र देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चको परमादेश

काठमाडौं, सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनको कदमलाई असंवैधानिक ठहर गर्दै सोमबार पुनः स्थापनाको पक्षमा फैसला गरेको छ ।

सर्वोच्चले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको छ । संसद् विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलाशले आज यस्तो आदेश दिएको हो ।

अदालतले यही भोलि मंगलबार ७ बजेभित्र देउवालाई प्रधानमन्त्री बनाउनको लागि परमादेश जारी गरेको हो भने एक हप्ताभित्र संसद् बोलाउनुपर्ने भनेको छ । सर्वोच्चले ७ दिनभित्र प्रतिनिध सभा बैठक बोलाउनसमेत आदेश जारी गरेको छ ।

यसैगरी संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई छन् ।

शीर्ष समाचार

धेरै पढिएको