July 25, 2021, Sunday
२०७८ श्रावण १०, आईतवार

प्रधानमन्त्री ओलीले बोलाए नेकपा स्थायी कमिटी बैठक

काठमाडौं, नेकपा स्थायी कमिटीको बैठक सोमबार अपरान्ह बस्ने भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा अपरान्ह ५ बजे बस्ने गरी नेकपा स्थायी कमिटी बैठक बोलाएका हुन् ।

पार्टी विवाद समाधानका लागि गठित कार्यदलले आइतबार १० बुँदे सहमति सार्वजनिक गरेको थियो भने उक्त सहमतिलाई स्थायी कमिटी बैठकले अनुमोदन गर्ने तयारी रहेको जनाइएको छ ।  

यसअघि आइतबार अपरान्ह ४ बजेका लागि बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको