July 29, 2021, Thursday
२०७८ श्रावण १४, बिहीबार

प्रधानमन्त्री ओलीको समर्थनमा राष्ट्रिय युवा संघको सडक प्रदर्शन

काठमाडौं, प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा राष्ट्रिय युवा संघले आइतबार सडक प्रदर्शन गरेको छ ।

संघमा आबद्ध नेता, कार्यकर्ताले वर्तमान सरकार र नेकपा एमालेविरुद्ध घेराबन्दी भएको भन्दै आज काठमाडौंमा प्रदर्शन आयोजना गरेका हुन् ।

सहभागीले ‘आजलाई होइन भोलिलाई १० वर्ष ओलीलाई’, ‘कानुनी शासन कायम गरौं’, ‘बौद्धिक अराजकताको अन्त्य गरौं’ लगायतका नारा लगाएर सडक प्रदर्शन गरेका थिए ।

यसैगरी नयाँ बानेश्वरबाट सुरु भएको र्‍याली माइतीघरमा पुगेर सभामा परिणत भएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको