थप १ हजार ३५३ जनामा कोरोना संक्रमण, २२ जनाको मृत्यु

काठमाडौं, शनिबार नेपालमा थप १ हजार ३५३ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ५४ हजार २ सय १२ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार ४३२ जना संक्रमित निको भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कूल संख्या ६ लाख १८ हजार ३ सय ६१ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ४ सय ८९ रहेको मन्त्रालयले जनाएको छ । ३०८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै कोरोनाबाट नेपालमा हालसम्म ९ हजार ३ सय ६२ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २२ जनाको मृत्यु भएको छ ।
प्रतिकृया दिनुहोस्