September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

सिन्धुपाल्चोकको बाढी–पहिरो प्रभावित क्षेत्र हेलम्बु पुगे प्रधानमन्त्री ओली

सिन्धुपाल्चोक, प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सिन्धुपाल्चोकको बाढी–पहिरो प्रभावित क्षेत्र हेलम्बु र मेलम्चीको अवलोकनका लागि पुगेका छन् ।    

प्रधानमन्त्रीका सचिवालयका अनुसार हाल प्रधानमन्त्री ओली हेलिकप्टरबाट ओर्लिएर हेलम्बु क्षेत्रमा छन् भने यसपछि मेलम्ची क्षेत्रमा पुग्नेछन् । प्रधानमन्त्री ओली मेलम्ची घ्याङमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीसँग छलफलपछि गणेशबगर जाने बताइएको छ ।

यस्तै उनले मेलम्ची आयोजनाको मुख्य सुरुङको हवाइ निरीक्षण पनि गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीका साथमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलगायत छन् ।

शीर्ष समाचार

धेरै पढिएको