
काठमाडौं – राप्रपा पार्टीबाट बाहिर आए लगत्तै पूर्वमन्त्री सुनिलबहादुर थापा नेपाली काँग्रेसमा प्रवेश गरेका छन् उनलाई आज कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले माला लगाएर स्वागत गर्दै पार्टी प्रवेश गराएका छन् । थापासँगै काँग्रेस प्रवेश गर्नेमा राप्रपाका १९ जना केन्द्रीय तहका नेता पनि छन् ।
धनकुटास्थित राप्रपाको सबै तहका कार्यसमिति पनि काँग्रेसमा समाहित गरिएको छ । पार्टी प्रवेश कार्यक्रममा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत अन्य नेताहरुकाे पनि उपस्थित रहेकाे थियाे ।पार्टी प्रवेश गर्दै सनिलबहादुर थापाले नेपाली काँग्रेससँग आफ्नो पुरानो साइनो भएको बताउदै । उनले ६५ वर्षपछि काँग्रेसँग नाता जोडेको बताए ।
काँग्रेसमा प्रवेश गर्दा आफू अपार खुसी भएको उनकाे भनाइ छ ।थापाले काँग्रेसका संस्थापक नेताहरुको नाम लिएका थिए । उनले आफ्ना पिता सुर्यबहादुर थापाले वृहत लोकतान्त्रिक शक्तिबीचको एकतामा जोड दिएको स्मरण गर्दै । संसदवादी कित्ताका लोकतान्त्रिक शक्तिबीच एकतामा मेरा पिता सुर्यबहादुर थापाले जोड दिनुहुन्थ्यो । उहाँले तब मात्र शक्ति सन्तुलन हुन्छ भन्नुहुन्थ्यो भन्दै स्मरण गरे ।
पार्टी सभापति शेरबहादुर देउवाले थापासँग गरेको ‘डिल’बाट झस्किएका नेताहरुले घुमाउरो पारामा त्यसको विरोध जनाएका छन् । यता, राप्रपाले भने सुनिल थापाले पिता सूर्यबहादुर थापाको विरासतलाई निरन्तरता दिन नसकेको आक्षेप लगाएको छ ।





