September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

सर्पको टोकाइबाट १२ वर्षिया बालिकाको मृत्यु

नवलपुर, नवलपरासीमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ । सर्पको टोकाइबाट शुक्रबार राति गैँडाकोट नगरपालिका–३ भुजेल गाउँकी १२ वर्षीया सम्झना भुजेलको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार राति सर्पले डसेको भए पनि बिहान मात्रै परिवारले थाहा पाउँदा समयमै उपचार नपाएर भुजेलको ज्यान गएको हो ।

आज बिहान ५ बजेको समयमा अस्पताल पुर्‍याइएको भए पनि बालिकाको ज्यान बचाउन नसकिएको परिवारलाई उदृत गर्दै इलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले बताए ।

शीर्ष समाचार

धेरै पढिएको