September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

बैतडीमा एकल पुरुषको भत्ता वृद्धि

बैतडी, जिल्लाको मेलौली नगरपालिकाले एकल पुरुषलाई विदुर भत्ता दिँदैं आएको हो । नगरले आगामी आर्थिक वर्षदेखि सो भत्तामा ५ सय थप्ने भएको छ ।

नगरपालिकाका उपप्रमुख राधा ओझाका अनुसार
यसअघि उक्त भत्ता प्रतिमहिना एकहजार पाँच सय रहेको थियो । नगरपालिकाले गत तीन वर्ष यता ५० भन्दा माथि र ६० वर्ष भन्दा मुनिका विदुरलाई उक्त भत्ता दिँदै आएको छ ।

उनले भने,“एकल महिला जस्तै एकल पुरुष पनि समस्यामा हुन्छन्, त्यसैले उनीहरुको जीवनयापन सहज होस भनेर भत्ता दिएका हौं ।” मेलौलीमा ८८ जनाले उक्त भत्ता लिएका छन् । यस्तै नगरपालिकाले टुहुरा बालबालिकाको भत्ता पनि बढाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको