September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

थप २ हजार २३९ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु

काठमाडौं, शुक्रबार थप २ हजार २३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा ६६ सय ५७ नमूनाको पीसीआर र ४६ सय ५६ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराइएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जसमध्ये पीसीआरबाट १४ सय ३९ जना र एन्टिजेन विधिबाट ७६० जना गरी २२ सय ३९ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घन्टामा १ हजार ३१६ जना डिस्चार्ज भएका छन्  । योसँगै कोरोनाबाट निको हुनेको संख्या ६ लाख  १६ हजार ९२९ पुगेको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट थप २० जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ३२० पुगेको छ । 

शीर्ष समाचार

धेरै पढिएको