September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

रौतहटमामा दुई समूहबीच झडप, आगजनीदेखि घरसमेत तोडफोड हुँदा आठ जना घाइते

जनकपुरधाम, रौतहटको चन्द्रपुरमा गएराति झडप हुँदा आठ जना घाइते भएका छन् भने केही घर र आठवटा मोटरसाइकलमा समेत आगजनी भएको छ ।

जग्गा सम्बन्धी पुरानो विवादका कारण चन्द्रपुर नगरपालिका-८ बस्तिपुरमा गएराति करिब १० बजेतिर दुई पक्षबीच झडप भएको हो । 

प्रहरीका अनुसार झडपका क्रममा आफन्तको घर तोडफोड भएको देखेर स्थानीय ७० वर्षीय जगरनाथ चौधरीको हृदयाघातबाट मृत्यु भएको छ ।

यसैगरी झडपमा विनेक चौधरी, आकाश चौधरी, मुथुन कुमार चौधरी, बच्चु चौधरी लगायत घाइते भएका छन् । हाल घाइतेहरुको चन्द्रनिगाहपुरस्थित अस्पतालमा उपचार भइरहेको छ ।

विवादका क्रममा जगनारायण चौधरी, श्रीराम चौधरी र लक्ष्मी चौधरीको घर तोडफोड भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको