
काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मंगलबार बसेको स्थायी कमिटी बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक एकतर्फी रुपमा स्थगित् गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहालले आजको बैठकको अध्यक्षता गर्दै सञ्चालन गरेका थिए । नेकपाका दुई अध्यक्षबीच गृहकार्य नसकिएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक स्थगित भएको छ ।
दुई जना अध्यक्षकाबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेको भन्दै मंगलबार बिहान ११ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक स्थगित गरिएको बैठक स्थगित भएको हो ।गत असार १० गतेबाट सुरु भएको बैठकमा कोभिड– १९ रोकथाम, नियन्त्रण र उपचार, सीमा समस्या, सरकार र पार्टीको कामको समिक्षा र एमसीसीबारे छलफल गर्ने एजेण्डा थियो ।
तर पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीको नेपालले जारी गरेको नक्साको सन्दर्भलाई भारतसित जोडेर आएको तत्कालिन अभिव्यक्ति पछि आन्तरिक विवाद बढेर बैठक प्रभावित हुँदै आएको छ ।विवाद समाधानका लागि स्थायी कमिटी बैठकले अध्यक्षद्वयलाइ जिम्मेवारी दिएपनि हालसम्म ठोस सहमति बन्न सकेको छैन ।





