September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

दार्चुलामा पहिरोमा परी तीन जनाको मृत्यु, एक घाइते

दार्चुला, गएरातिबाट आएको अविरल वर्षाको कारण पहिरोमा परी दार्चुलामा ३ जनाको मृत्यु भएको छ । घर माथिबाट आएको पहिरोमा पुरिएर एकै परिवारका दुई गरी तीन जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा नौगाड गाउँपालिकाका गेउडी ठगुन्ना, मन्जरी ठगुन्ना र २९ का लक्ष्मण सिंह सितोली रहेका छन् ।

पहिरोमा परेर अर्की १८ वर्षीया हरमती ठगुन्ना सामान्य घाइते भएकी छिन् । यस्तै पहिरो संगै खोलामा आएको बाढीले खार खोला दोस्रो लघु जलविद्युत आयोजना पनि बगाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको