September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

थप १ हजार २१८ जनामा कोरोना पुष्टि, २९ जनाको मृत्यु

काठमाडौं, बिहिवार थप १ हजार २१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख ५१ हजार ३८० पुगेको छ ।

विभिन्न जिल्लामा गरिएको ५ हजार ३७४ पीसीआर परीक्षणमा १ हजार २१८ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १३० एन्टिजेन परीक्षणमा ६५७ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार २८६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ६ लाख १५ हजार ६१३ पुगेको छ ।

यसैगरी गत २४ घण्टामा कोरोनाबाट थप २९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ३२० पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको