
काठमाडौं – नेपाल प्रहरी प्रमुख कार्यलय हेडक्वाटरमा थप २३ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी निरजबहादुर शाहीका अनुसार आइतबार चार जना र मंगलबार २३ जनागरि २७ जनामा कोरोना संक्रमित भएको हाे ।
चालक, मेकानिक्स र मेसमा काम गर्ने कर्मचारीहरु सहित २७ जनामा केरोना संक्रमण देखिएको छ । संक्रमितको नेपाल प्रहरी अस्पतालमा उपचार भैरहेको र उनीहरुको बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल लाने तयारी गरिएको डिआइजी शाहीले बताए ।






