September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

तनहुँमा पहिरोले पुरिएर एक महिलाको मृत्यु

सांकेतिक तस्वीर

तनहुँ, तनहुँमा पहिरोले पुरिएर एक महिलाको मृत्यु भएको छ । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोले पुरिएर ऋषिङ गाउँपालिका–७ डढीवनमा आज बिहान उक्त महिलाको मृत्यु भएको हो ।

रहेको वडा सदस्य याम सारुमगरका अनुसार मृत्यु हुनेमा अन्दाजी ५२ वर्षीया देवीसरा थापा रहेका छन् । घरबाट भाग्ने क्रममा माथिबाट खसेको पहिराले पुरिएर उनको मृत्यु भएको हो । उनका श्रीमान् भने भागेर ज्यान बचाउन सफल भएका छन् ।

यस्तै पहिरोले पुरिएर आज नै ऋषिङ गाउँपालिका–८ स्थित माझकोटका करीब ४० वर्षीय खुमबहादुर थापा बेपत्ता भएका छन् । उनको खोजी कार्य जारी छ ।

पहिरोले डढीवनमा तीन घर क्षतिग्रस्त भएको र थुप्रै घर जोखिममा परेको नेपाल रेडक्रस सोसाइटी कोटदरवार उपशाखाका सभापति इन्द्र आलेले जानकारी दिए ।

शीर्ष समाचार

धेरै पढिएको