September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

एमाले कार्यदल बैठक सकारात्मक, निस्कर्षमा पुग्न साँझ पुनः बैठक बस्ने

काठमाडौं, नेकपा एमाले कार्यदलको आज बिहान सिंहदरबारमा बसेको बैठक सकिएको छ । एमाले विवाद समाधान कार्यदलका संयोजक सुवासचन्द नेम्वाङका अनुसार कार्यदलको बैठक सकारात्मक दिशामा अघि बढेको छ ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै नेम्वाङ्ले साँझ ७ बजे निस्कर्षमा पुग्ने गरी पुनः बैठकमा बस्ने जानकारी दिएका छन ।

एमाले कार्यदलका बैठक लगायत अन्य गतिविधिका सन्दर्भमा बाहिर आएका विभिन्न चर्चाहरुको भ्रममा नपर्न आग्रह गर्दै बैठक सकारात्मक दिशामा अघि बढेको उनको भनाइ छ ।

एमाले कार्यदल सक्रिय भएपछि सोमबारबाट कार्यदलको बैठक निरन्तर बस्दै आएको छ ।

शीर्ष समाचार

धेरै पढिएको