September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

इजरायलद्वारा नेपाललाई २० करोडको स्वास्थ्य सामाग्री सहयोग

काठमाडौं, इजरायली सरकार र त्यहाँका विभिन्न संघसंस्थाले नेपाललाई २० करोड रुपैयाँ मुल्य बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

उक्त स्वास्थ्य सामाग्री नेपाल बायुसेवा निगमको ३३२ वाइडबडी जहाजले आज विहान ११ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ल्याई पुर्‍याएको हो ।

निगमका महाप्रवन्धक डीम प्रसाद पौडेलका अनुसार इजरायलको तेल अबिब पुगेर नेपाल एअरलाइन्सले पहिलो पटक कमर्सियल चार्डट गरी सामाग्री ल्याएको हो ।

१८ टन तौलको स्वास्थ्य सामाग्रीमा ५८ थान भेन्टिलेटर, १२० थान अक्सिजन कन्सनट्रेटर, मोवाइल कोरोना टेस्टिङ ल्याव, पिसिआर टेस्टिङ कीट, औषधी, मास्क, पिपिई सेट, स्यनिटाइजर, थर्मोमिटर लगायत रहेको इजराइल स्थित नेपाली दुतावासले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको