September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता

काठमाडौं, नेकपा (एमाले) प्रवेश गरेपछि माओवादी केन्द्रबाट कारवाहीमा परेका २३ जना नेताहरुले आज निर्वाचन आयोग पुगेर माओवादी केन्द्र खोरेजीको मागसहित निवेदन दर्ता गरेका छन् । बुधबार नेता लीलाबहादुर थापाको नेतृत्वमा गएको एक टोलीले आयोगमा निवेदन दर्ता गरेको हो ।

नेता लीलाबहादुर थापाका अनुसार माओवादी केन्द्रको महाधिवेशन नभएको नौ वर्ष बितिसकेकाले अवैधानिक भएको दावी गर्दै नेताहरुले अवैधानिक दलले गरेको कारवाही पनि अवैधानिक भएको भन्दै आयोगमा दिवेदन दर्ता गराएको हो । २०६९ सालमा महाधिवेशन गरेको दलले अहिलेसम्म महाधिवेशन गरेको छैन ।

उनले भने, “अवैध अध्यक्षले कारवाही गरेर हामी पदमुक्त हुने होइन, पहिले कारवाही गर्ने अध्यक्ष नै वैधानिक हुनुपर्छ । अवैधानिक अध्यक्षले जनताबाट प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिलाई कारवाही गर्न कसरी मिल्छ र !”

आफूहरु एकीकृत पार्टीको भावअनुसार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको पार्टीमा रहेको नेता थापाको भनाइ छ । यस्तै अवैधानिक दललाई खारेजीको मागसहित आफुहरुले निर्वाचन आयोगमा निवेदन दिएको उनीहरुको भनाइ छ ।

शीर्ष समाचार

धेरै पढिएको