September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

थप २ हजार ७७ जनामा कोरोना संक्रमण, २८ जनाको मृत्यु

काठमाडौं, बिहिवार नेपालमा थप २ हजार ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार ८३५ पीसीआर परीक्षणमा बुधबार थप २ हजार ७७ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ५० हजार १६२ पुगेको छ ।

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ४ हजार ६३ परीक्षणबाट ९०२ जनामा पोजिटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको ११ हजार ८९८ परीक्षणमा २ हजार ९७९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै गत २४ घण्टामा थप १ हजार ३३३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ६ लाख १४ हजार ३२७ रहेको छ ।

नेपालमा कोरोना संक्रमणबाट थप २८ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार २९१ पुगेको छ ।