September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

हाइटीका राष्ट्रपति मोसेको हत्या

हाइटी, हाइटीका राष्ट्रपति जोभेनेल मोसेको उनको आफ्नै निवासमा आक्रमण गरी हत्या गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बिबिसीका अनुसार पोर्ट–एयू–प्रिन्सस्थित राष्ट्रपतिको निजी निवासमा अज्ञात हतियारधारी समूहले स्थानीय समयानुसार राती १ बजे आक्रमण गरेका थिए ।

उक्त आक्रमणमा उनका श्रीमती पनि घाइते भएको बताइएको छ । जोसेपले सरकारलाई निरन्तरता दिनका लागि हरसम्भव प्रयास गरिएको जानकारी दिए । उनी ५३ वर्षका जोभेनेल सन् २०१७ को फेब्रुअरीदेखि सत्तामा थिए ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको