September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

बागलुङमा पहिरोमा परी एक जना बेपत्ता, २५ परिवारलाई सुरक्षित स्थानमा सारियो

बागलुङ, बागलुङमा पहिरोमा परी एक जना बेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय ताराखोलाका प्रहरी प्रमुख लक्ष्मण न्यौपानेका अनुसार मंगलबार राती वर्षासँगै आएको पहिरोमा ताराखोला गाउँपालिका-३ हिल घुस्मेलीका १८ वर्षीय राजेन्द्र कार्की सम्पर्क बिहीन भएका हुन् ।

यसैगरी सोही स्थानमा बाढीले स्थानीय चन्द्र कार्कीको ४१ वटा बाख्रा पुरेको छ भने हालसम्म १० वटा जिवित र २७ वटा मृत बाख्रा निकालिएको प्रहरीले जनाएको छ ।

वर्षाले दि टोलबाट झरेको पहिरो र बाढीले स्थानीय ध्रुव खत्रीले संचालन गरेको एक रेष्टुरेन्टसमेत बगाएको छ । बाढीसँगै खोलामा पानीको बहाब बढेर घुस्मेली बजार क्षेत्रमा पस्न थालेको स्थानीयको भनाई छ ।
बजार क्षेत्रका करिब २५ घर परिवारलाई रातिनै सुरक्षित स्थानमा सारिएको प्रहरीको भनाइ छ ।

शीर्ष समाचार

धेरै पढिएको