September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

पूर्वराजा ज्ञानेन्द्र शाह ७५ औं वर्षमा प्रवेश

काठमाडौं, पूर्वराजा ज्ञानेन्द्र शाह आजबाट ७५ औं वर्षमा प्रवेश गरेका छन् । उनले यस वर्षको जन्मदिनलाई उत्सवको रुपमा नमनाउने बताएका छन् ।

राजनीतिले निराशा पैदा गरेको तथा विश्वव्यापी महामारी कोरोना महामारी र प्राकृति विपदका कारण जनताले दुःख पाइरहेको बताउँदै उनले यस वर्ष जन्मदिनलाई उत्सवको रुपमा नमाउने घोषणा यसअघि नै गरेका थिए ।

उनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राजनीति, राज्य प्रणाली एवं राजकाजको प्रबन्ध र व्यवस्थापन संक्रमण, संकट र अन्योलको अवस्थामा देखा परेको छ । परिवर्तन र अग्रगमनका चर्का नारा घन्काएर जति नै रूपान्तरण गरे पनि जनताले ठोस सुख सुविधा नपाइरहेको बुझिएको छ । जनतामा पैदा भएको निराशा तथा भोग्नु परेको पीडालाई ध्यानमा राख्दै हामीले यही असार २३ गतेको जन्मदिनलाई उत्सवका रूपमा नमनाउने निर्णय गरेका छौं ।’

वि.सं. २००४ असार २३ गते राजा महेन्द्र र रानी इन्द्र राज्यलक्ष्मीको कोखबाट माइला छोराको रुपमा पुरानो नारायणहिटी राजदरबारमा शाहको जन्म भएको थियो । उनी दुईपटक नेपालको राजा भएका थिए।

शीर्ष समाचार

धेरै पढिएको