September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

कालीकोटमा जीप दुर्घटना हुँदा एकको मृत्यु, चार जना घाइते

सुर्खेत, कालीकोटमा मंगलबार बिहान जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी अर्जुन चन्दका अनुसार रास्कोट नगरपालिकाबाट मान्मा जाँदै गरेको प१ल २३ नम्बरको जिप नरहरिनाथ गाउँपालिकाको लालिघाटमा दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परी सान्नी त्रिवेणी गाउँपालिका–३ की ३५ वर्षीया पम्फा फडेराको मृत्यु भएको उनले बताए । उक्त दुर्घटनामा घाइते भएका अन्य ४ जनाको अवस्था सामान्य रहेको प्रहरी स्रोतले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको